काठमाडौं १९ चैत । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुन आउने ३५ लाख रकमआर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश कुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहल कदमीलाई साथदिन संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेको थियो । योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।