काठमाडौं । नेपालमा पहिलो पटक मान्छेबाट मान्छेमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ । अहिलेसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस देखिदैं आएकोमा पहिलो पटक विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पाइएको हो ।
दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । उनको परिवारका एक सदस्यमा कोरोनाको संक्रमण देखिएको हो । स्रोतका अनुसार उनको भाउजुमा संक्रमण देखिएको हो । ती महिलामा अहिलेसम्म कुनै लक्षण भने नदेखिएको बताइएको छ ।
संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो ।
दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए ।
कहाँ कहाँ गएका थिए– कोरोना संक्रमित चौथो व्यक्ति, को को जोखिममा ?