भदौ १८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा १७ वर्षदेखि फेल हुँदै आएका विद्यार्थीहरुलाई अवसर प्रदान गर्ने भएको छ ।

त्रिविले विशेष अवस्थामा निर्णय गरी उसले निश्चित समयावधि तोकेर परीक्षासम्बन्धी व्यवस्था गर्न लागेको हो ।
तर, त्रिविको नियमअनुसार ७ वर्षभन्दा धेरै असफल भए नियमित परीक्षा दिन पाइँदैन । त्यसैल उसले विशेष अवस्थाबाट परीक्षासम्बन्धी व्यवस्था गर्न लागेको हो ।

यसबाट अब २०५४ सालदेखि नियमित रूपमा असफल विद्यार्थीले अन्तिम मौका परीक्षा दिन पाउने भएका छन्।

यसरी परीक्षा दिने विद्यार्थी करिब ४ लाख रहेको आजको कारोबार दैनिकमा खबर उल्लेख छ ।

नियमित र पुराना विद्यार्थीको परीक्षा सँगै हुने भएको छ। परीक्षा फर्म भर्ने अन्तिम म्याद बुधबारसम्म मात्र छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।