काठमाडौं १८ पुष । नेकपा माओवादी केन्द्रको महाधिवेशनले पारित गरेको २३६ केन्द्रिय सदस्यमा केन्द्रीय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम २३औं नम्बरमा खुल्लातर्फ राखेर घोषणा गरेका छन् ।

प्रज्ञाभवन कमलादीमा प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गरेका थिए । विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य घोषणा गर्ने क्रममा प्रचण्डले खुला तर्फ अफ्नो नाम राखेका हुन् । यद्यपी यो बरियताका आधारमा भने नाम उल्लेख गरिएको हैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।