काठमाडौं २१ फागुन । प्रहरीले नियन्त्रणमा लिएका एक युवाको मृत्यु भएको छ । प्रहरी नियन्त्रणमै रहेका युवाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्याएका छन् ।
बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन चर्किएर गएको हो ।
Comments


