काठमाण्डौबाट गोरखा जान आई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा सात बजे सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँच जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारा नजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको हाे।

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला दुई र बालक एक जना रहेका छन्। तर पहिचान कसैको पनि नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

ट्याक्सीमा चालक सहित ५ जना सवार भन्ने बुझिएको छ। सबै जनाको घटनास्थलमा नै मृत्यु भइसकेको छ। हालसम्म कसैको पनि नामथर वतन नखुलेको छैन, उनले भने। दुर्घटनामा पर्नेहरू सबै गोरखा नगरपालिका ७ को स्थानीय रहेका छन्। कार त्रिशुली नदीमा आधी भाग देखिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।