काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भ्रष्टाचार मुद्दा दायरसँगै सांसद नेपालको पद स्वतस् निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवकलाई भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्था छ।
Comments