काठमाडाैं । महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेलकाे बिदाई र नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानालाई स्वागत कार्यक्रम गरिएकाे छ ।

नगरपालिकाकाे सभा हलमा एक विशेष समारोहका बीच प्रमुख प्रशासकीय अधिकृतको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको हाे ।

नगरप्रमुख हरिगोविन्द श्रेष्ठकाे प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख हरिगोविन्द श्रेष्ठले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पौडेलको कार्यकाल नगर विकासका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनको योगदानप्रति आभार व्यक्त गरे। साथै, नगरप्रमुखले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनहरूमा आपसी सहकार्य, समन्वय र सेवामुखी भावनाका साथ अगाडि बढ्न उत्प्रेरित गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।