काठमाडौं । भ्रष्टचारको विरोध गरिरहेको जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रने क्रममा १९ जना राज्य पक्षबाट मारिएपछि देश नै अस्तव्यस्त बनेको छ ।
संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारीको कब्जामा परेको छ ।
राज्य एक किसिमले नेतृत्व बिहिन अवस्था जस्तै अवस्थामा पुगेको छ । संसद भवनभित्र प्रदर्शनकारी प्रवेश गरी गेटमा आगजनी समेत गरेका छन् ।
मुलुककै प्रशासनिक निकाय सिंहदरबार भित्र पनि प्रदर्शनकारी प्रवेश गरेका छन् । महत्वपूर्ण निकाय तथा संवेदनशिल निकायहरु अहिले राज्यको सुरक्षा भन्दा बाहिर पुगेको अवस्था छ ।
Comments

