काठमाडाैं । नवगठित अन्तरिम सरकारमा कुलमान घिसिङले ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मा पाएका छन्।

उनलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मा पनि घिसिङलाई नै दिइएको छ।

अहिलेको मन्त्रिपरिषदमा रहेका तीन मन्त्रीमध्ये उनको दोस्रो वरीयता तोकिएको छ। पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल छन्।

तेस्रो वरीयतामा ओमप्रकाश अर्याल छन्। उनलाई गृहसँगै कानुन मन्त्रालयको ‍जिम्मेवारी पनि तोकिएको छ।

बाँकी मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीले आफैले राखेका छन्। खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्तिका लागि छलफल चलिरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।