काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा हटाइएका डा. मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको जिम्मा दिइएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा। आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरि सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन् ।

उनले ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका हुन् । उनी कात्तिक २७ मा रिक्त हुने ३३ औं आईजीका एक दावेदार पनि हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।