काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले पुराना दलका नेताहरू नसच्चिने बताएका छन्।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना पार्टीका नेताहरू नसच्चिने बताएका हुन्।

‘पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्। कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भवना देख्दिन,’ उनले भने, ‘टाउको सम्म कुहिएर बसेको शक्तिको रूपान्तरण हुने सम्भावना म देख्दिन। त्यो भित्रका दोस्रो तेस्रो नयाँ पुस्ताका साथीहरूले विद्रोह गरेर फेरि नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ।’

उनले अहिले उदय भएका नयाँ राजनीतिक दल र राजनीतिक व्यक्तित्वहरू एक ठाउँमा आउने वातावरण बनाउनुपर्ने पनि बताएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।