काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजाे आईतबार पुर्वसभामुख तथा माओवादी नेता कृष्ण बहादुर महरालाई पक्राउ गरेकाे छ ।

उनी पक्राउ पर्नुकाे कारण भने तीन वर्ष अघिकाे सुन तस्करी सम्बन्धी विषय हाे ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल लागेकाले उनीहरूकाे संलग्नता रहेकाे भन्दै उनीहरू याे काण्डमा मुछिएका हुन् ।

पूर्वसभामुख महरालाई ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो । उनी पछि हाजिरी जमानीमा छुटेका थिए । सुन तस्करीकाे विषयमा पूर्वउपराष्ट्रपति नन्दकिशाेर पुनकाे विषयमा पनि प्रहरीले अनुसन्धान बढाएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।