काठमाडौं । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले गरेको संसद विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट पेस भएपनि ती कुनै पनि रिट आज दर्ता भएका छैनन् ।

सर्वोच्च प्रशासनले ती रिटको अध्ययन भइरहेकाले आज दर्ता नभएको जनाएको छ । सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेले अध्ययन जारी रहेको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा पनि आगजनी गरिएको थियो । आगजनी पछिको क्षतिका कारण आज पहिलो पटक रिट दर्ता खुल्ला गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।