काठमाडौंमा । नेपाल र ओमानबीच आज बुधबार विश्वकपको ढोका खोल्नका लागि ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल हुँदैछ ।
आजको यो खेल जसले जित्छ त्यो ट्वान्टी–२० विश्वकपमा पुग्नेछ ।

ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । तीन समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सका ६ टोलीबाट माथिल्लो तीन स्थानका टोली फेब्रुअरी–मार्चमा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । विश्वकप भारत र श्रीलंकामा संयुक्त आयोजना हुनेछ ।

अल एमेरात क्रिकेट मैदानमा बुधबार हुने खेलको विजेता टोली नै उपाधि जित्ने निश्चित जस्तै हुनेछ । खेल आज राती ८ः४५ बजे सुरु हुनेछ । आजै दिउँसो ४:१५ बजे हुने खेलमा सामोआलाई पराजित गर्न नसके यूएई छनोट दौडबाट बाहिरिने छ । उसले अबका सबै म्याच जितेपनि आज हार्ने टोलिलाई भेटाउन भने मुस्किल देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।