काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जिम्मेवारी सम्हालेपछि पहिलो निर्णयका रुपमा प्रहरीहरुलाई सहुलियत कर्जाको सिमा बढाउने निर्णय गरेका छन् । अब वरिष्ठ प्रहरी नायब निरीक्षक (सईं) सम्मको दर्जाका प्रहरीले २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा पाउने छन् ।

आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रुपमा सहुलियत कर्जा बढाउने निर्णय गरेका हुन् ।

आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ । यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन दिइने छ ।

पाँच प्रतिशतका दरले प्रहरीमा यस्तो कर्जा उपलब्ध गराउँदै आइएको छ । यस्तो कर्जा एक वर्षभित्र तिरिसक्नुपर्ने हुन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।