काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालय बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो ।

मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिर्वा लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ ।

पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्री नभएको बेलामा परिपत्र भएको हो।

यसअघि तीन हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।