काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । आर्थिक अपचलनको आरोपमा उनी आज पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनलाई नियन्त्रणमा लिएको हाे ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

यस्तै, प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोख्रेललाई पनि प्रहरीले पक्राउ गरेको छ । सीआईबीले आइतबार साझ डिसिईओ पोख्रेललाई पनि पक्राउ गरेको हो ।

यसैगरी, बैंकका केही उच्च पदस्थ कर्मचारी पनि पक्राउ परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।