काठमाडाैं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्टको ऋण सीमा बढाएको छ। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासँगै नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा बढाउने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा अब १ करोड रुपैयाँ हुनेछ। यसअघि यो सीमा ५० लाख रुपैयाँ मात्र थियो। केही समयअघि नै नेपाल राष्ट्र बैंकले ८० लाखको सीमा घटाएर ५० लाख रुपैयाँमा झारेको थियो।
बैंकहरूमा लगानीयोग्य रकम थुप्रिन थालेपछि सहज रूपमा ऋण प्रवाह हुनसक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले यो कदम चालेको देखिन्छ।
Comments







