काठमाडौं । प्रभु बैंकको रकम हिनामिना प्रकरणको विषयमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन ।
अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । उनीहरुलाई पाँच दिन थुनामै राखेर अध्ययन गर्न अदालतले अनुमति दिएको छ ।
Comments








