काठमाडौं । हालै नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टीक निर्माण गरेका जनार्दन शर्मालाई गृहजिल्लामा केही युवाहरूले कालोझण्डा देखाएका छन्।
आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन्।
माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए।
आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाएका हुन्।
Comments







