काठमाडौ । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।
३ बर्ष नियमित चल्ने कार्यक्रमको लागत २ अरब ५२ करोड ४७ लाख रुपियाँ हो । पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अरब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
वडाबाट प्राप्त भएका मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम हुन्छन् । यो कामका लागि २ अरब ९९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो ।
काठमाडौँलाई ४ भागमा बाँडेर बनाइएको प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकालाई कामको जिम्मा दिइएको छ ।
Comments







