कुमारी बैंकको ग्राहक निक्षेप घट्यो, कर्जा नोक्सानी पनि दोब्बरले वृद्धि

काठमाडौं । कमजोर व्यवस्थापन र आर्थिक अनुशासन कमीका कारण उच्च जोखिममा परेको कुमारी बैंकलाई ग्राहकले कम विश्वास गर्न थालेको पाइएको छ ।

बैंककै रिपोर्टले ग्राहक निक्षेप (डिपोजिट) मा कमी आएको देखाएको छ । बैंकको त्रैमासिक विवरण अनुसार गत वर्ष ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख डिपोजिट रहेकोमा यो त्रैमासिक अवधिमा ३ खर्ब ६० अर्ब ४० लाख मात्रै डिपोजिट भएको छ ।

यस तथ्यांकबाट बैंकमा डिपोजिट गर्नेको मात्रा पनि घट्न थालेको हो । ग्राहक निक्षेप घटेपनि बैंक सञ्चालन खर्च भने बढेको छ ।

बैंकको कर्जा नोक्सानी व्यवस्थापन शुल्कमा पनि अत्याधिक वृद्धि भएको छ । यो वृद्धि दोब्बर भन्दा पनि माथि रहेको छ ।

चालु वर्षको त्रैमासिक अवधीमा ६ अर्ब ३० करोड रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा १२ अर्ब ६४ करोड पुगेको छ ।

यो वृद्धिले बैंकको सम्पत्ति गुणस्तर (एसेस्ट क्वालिटी) मा दबाब बढेको छ भने योसँगै भविष्यमा निष्क्रिय कर्जाले डाँडो काट्ने देखिएको छ ।

बैंकको एनपिएल ७ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । एनपिएल ५ प्रतिशत बढेसँगै राष्ट्र बैंकको कडा निगरानी र उच्च जोखिममा पर्ने गर्दछ।

याे पनि पढ्नुहाेस् – खराब कर्जाले थलियो कुमारी बैंक, अडिट रिपोर्ट बनाउनै सकस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।