काठमाडाैं २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई होच्याउने, जिस्क्याउने काम नगर्न चेतावनी दिएका छन् । ओलीले आफूहरूलाई होच्याउने र जिस्क्याउने मनोकामना पूरा नहुने समेत बताएका छन् । एमालेको ११औँ महाधिवेशनलाई शनिबार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै उनले एमालेलाई कमजोर नठान्न चेतावनी दिए ।
‘यो एउटा थोपा हो । एमालेलाई होच्याउने, जिस्क्याउने कसैले नगरोस् र समाप्त पार्ने इच्छा मनबाटै हटाइयोस्,’ ओलीले भने, ‘हामी लोकतन्त्रलाई बाटोमा ल्याउँछौँ । संसद पुनर्स्थापना गरेरै छोडिनेछ । संविधानलाई ट्र्याकमा ल्याएरै छोडिन्छ ।’
Comments








