काठमाडौं । देशकै नम्बर वान भनेर प्रचार गर्ने गरेको नेपाल लाइफ इन्स्योरेन्समा बिमा दाबी भुक्तानी पाउन नै महिनौं मात्र नभएर वर्षौै कुर्नुपर्ने समस्या रहेको छ ।
कम्पनीको ढिलासुस्तीका कारण बिमाकर्ताले आफूले पाउनुपर्ने भुक्तानी पनि सहजै पाउन सकेका छैनन् ।
महिनौंसम्म बिमा भुक्तानीको रकम पाउन कार्यालय धाईरहनु पर्दा असन्तुष्ट बन्ने सेवाग्राही दिन प्रतिदिन बढ्दै गएका छन् ।
कम्पनीकै पहिलो त्रैमासिक रिपोर्ट अनुसार २० हजार भन्दा बढी बिमा दाबी परेको छ । यो यसै अघिल्लो वर्षको तुलनामा ५ हजारको संख्यामा बढी रहेको छ । कम्पनीले समयमा नै उनीहरुको भुक्तानी दिन सकेको छैन । समयमा नै आफूले पाउनुपर्ने दाबी भुक्तानी नपाउँदा सेवाग्राही रुष्ट रहेको पाइएको छ ।

कम्पनीको ढिलासुस्तीकै कारण नेपाल लाइफमा बिमा गर्न रुचाउनेहरुको संख्यामा कमी आएकाे छ । नेपाल लाइफमा बिमा गर्नेहरुको संख्यामा कमी आएपनि एजेण्टहरुले जबरजस्ती बिमा गराउने गरेका छन् । यसरी बिमा गराउँदा पोलिसी सरेण्डर गर्नेको संख्या झनै बढेको छ ।
कम्पनीको पछिल्लो विवरण नाफामा समेत गिरावट आएको छ । कम्पनीको कुल ब्यापक आम्दानीमा झनै भारी गिरावट आएको छ ।








