काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनी एमालेमा तेस्रो पटक अध्यक्ष विजयी भएका हुन् । उनले १ हजार ६ सय ६३ मत पाएका हुन् ।
मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक हुन बाँकी रहेको छ । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे । निर्वाचनमा २२२७ मत खसेको थियो।
ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
Comments







