काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको छ । जसमा दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पछि पारिन् । उनले १६६८ भोट ल्याएकी छन् । उनका दुई प्रतिस्पर्धी ईं राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।
सुनिताले स्थानीय निर्वाचनमा काठमाडौं महानगरबाट मेयरमा स्वतन्त्र लड्ने तयारी गरेकी थिइन् । पछि उनलाई एमालेले उपमेयरको टिकट दियो । उनी अत्यधिक मतका साथ उपमेयरमा विजयी बनिन् । त्यसयता उनी एमालेकै सक्रिय छिन् ।
Comments







