काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई लक्षित गरी एफवान सफ्टसँगको सहकार्यमा ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको ‘टप अप गरौं बोनस पाऔं ‘अभियान सञ्चालन गरेको छ । अभियान पुष महिनाभरी चल्नेछ ।

अभियान अवधिभर २०० रुपैयाँ वा सो भन्दा माथिको रकम नेपाल बैंकको मोबाइल एपमार्फत टपअप गर्ने ८० जनालाई १०० रुपैयाँका दरले बोनस प्रदान गरिनेछ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।