३ करोडमाथिको घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य, १९८ को पर्यो आवेदन

काठमाडौँ । सरकारले ३ करोड माथिको घरजग्गा कारोबारमा अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरेको छ ।

नयाँ व्यवस्थापछि घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमतिपत्र (लाइसेन्स) लिन १९८ कम्पनीको आवेदन परेको छ ।

सरकारले गत २७ असोजमा राजपत्रमा सूचना जारी गर्दै एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो ।

घरजग्गा कारोबार गर्ने कम्पनीले २७ मंसिरभित्र अनुमतिपत्रका लागि आवेदन दिनुपर्ने थियो । भूमि व्यवस्थापन अभिलेख विभागले १३ कात्तिकमा ३० दिनभित्र आवेदन पेस गर्न भन्दै सूचना जारी गरेको थियो । लगत्तै १३ मंसिरमा थप १५ दिन समय थपिएको थियो । उक्त अवधिमा १९८ कम्पनीको आवेदन परेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।