कुमारी बैंकः सेयरधनीलाई शून्य लाभांश, कर्मचारी खर्च ४ अर्ब

काठमाडौं । कुमारी विकास बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई रित्तो हात पारेको छ । बैंकले आम्दानी वृद्धि गर्न नसक्दा यस वर्ष सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।

सेयरधनीलाई लाभांश वितरण गर्न नसकेको बैंकले कर्मचारी खर्च मात्रै ४ अर्ब माथि गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले कर्मचारी खर्चबापत ४ अर्ब एकतीस करोड १० लाख खर्च गरेको छ । अघिल्लो वर्ष बैंकले तीन अर्ब पचासी करोड ७० लाख खर्च गरेकोमा यो वर्ष खर्च वृद्धि गरेको हो ।

यसका अतिरिक्त कुमारीले अन्य सञ्चालन खर्च शिर्षकमा पनि १ अर्ब ९ करोड १० लाख ३२ हजार खर्च गरेको छ ।

बैंकले कर्मचारी तालिम खर्चबापत पनि साढे ४ करोड माथि खर्च गरेको छ । बैंकले कर्मचारी, तालिम, बैठक भत्ता लगायतमा यति ठूलो राशि खर्च गरे पनि आम्दानी बढाउन सकेको छैन भने सेयरधनीलाई लाभांश दिन समेत सकेको छैन ।

याे पनि पढ्नुहाेस्ः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।