काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार र आइतबार गरेका निर्णयअनुसार ती अधिकृतहरूलाई विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा खटाइएको हो ।
सरुवा सूचीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ल्याब टेक्निसियन भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् भने गृह मन्त्रालयबाट चुन बहादुर तामाङ अख्तियार पुगेका छन् । अख्तियारबाट राष्ट्रिय योजना आयोग गएका अधिकृतको स्थानमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट इन्जिनियर शिव शंकर दासलाई शहरी विकास मन्त्रालयमा ल्याइएको छ । यस्तै, बागमती प्रदेशका मेकानिकल इन्जिनियर बसन्त श्रेष्ठ अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
त्यसैगरी निजामती किताबखानाबाट अर्जुन खड्का उद्योग मन्त्रालय पुगेका छन् भने लुम्बिनी प्रदेशबाट इन्जिनियर नवीन घिमिरे भौतिक मन्त्रालयमा सरुवा भएका छन् । सम्पत्ति शुद्धीकरण विभागबाट बन्दना कुमारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत ल्याइएको छ भने उद्योग मन्त्रालयका लिलाराज काफ्ले सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।
१६ जनालाई प्रशासकिय अधिकृतको जिम्मेवारी
मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयबाट खगेन्द्र भारतीलाई सुन्या गाउँपालिका खटाइएको छ । अछामको चन्द्रकान्त तिमिल्सिनालाई सामाखुसी बरुवा, नवलपुर गाउँपालिकाबाट हर्षबहादुर रोकालाई पूर्वीचौकी गाउँपालिकामा सरुवा गरिएको छ । पूर्वीचौकीबाट देवीप्रसाद जोशी नवलपुर गाउँपालिका पुगेका छन् भने गृह मन्त्रालयबाट मुरारी निरौला ग्रामथान गाउँपालिकामा सरुवा भएका छन् ।
यस्तै, म्याग्दीबाट विनोद श्रेष्ठ प्रधानमन्त्री कार्यालय र विक्रम पौडेल लिखुपिके गाउँपालिकामा पुगेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट दिनेश ज्ञवाली रुरुक्षेत्र गाउँपालिका पुगेका छन् भने भूमि मन्त्रालयबाट भिमाजु भुसाल मदाने गाउँपालिकामा सरुवा भएका छन् ।
त्यसैगरी भूमि मन्त्रालयबाट लक्ष्मण चालिसे चन्द्रकोट गाउँपालिका पुगेका छन् भने रुपन्देही गाउँपालिकाबाट उमेश कुमार यादवलाई ओराही गाउँपालिका र मेलुङ गाउँपालिकाबाट सञ्जय शिवाकोटी कालिञ्चोक गाउँपालिकामा सरुवा गरिएको छ । कालिञ्चोकमा कार्यरत पवन न्यौपानेलाई दोलखाको विगु गाउँपालिकामा पठाइएको छ भने नहरा नगरपालिकाबाट लालबाबु यादव रामनगर गाउँपालिकामा पुगेका छन् ।
भूमि मन्त्रालयबाट दिलीप यादव बरियापट्टी गाउँपालिका, गृह मन्त्रालयबाट धनीराम शर्मा सिम्ता गाउँपालिका र कुमारीबाट दिलीपकुमार सोनी भगवतीमाई गाउँपालिकामा सरुवा भएका छन् । भगवतीमाई गाउँपालिकाबाट नारायणजंग पाण्डे कुमाख गाउँपालिकामा पुगेका छन् ।








