काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार डोटीको बडीकेदार गाउँपालिका वडा नं. २ स्थित समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर पुन मगरसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार समाज कल्याण जनजागृत सामुदायिक वनबाट बिक्री गरिएको काठको रकम बैंक खातामा जम्मा गरिएको थियो। तर उक्त रकम अध्यक्ष र केही सदस्यहरू मिली नियमविपरीत आफूखुसी निकाली हिनामिना गरेको पाइएको भन्दै उनीहरूमाथि भ्रष्टाचारको अभियोग लगाइएको छ।
आयोगले दोषी ठहरिए कानुनअनुसार सजाय र बिगो असुलउपरको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।
Comments







