काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य भएका छन् ।

रास्वपाले काठमाडौँ महानगरपालिकाका प्रमुख शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको हो ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

याेसँगै बालेन रास्वपाकाे बरिष्ठ नेता भएका छन् । पार्टी सभापति रवि लामिछानेले उनकाे बरियता दाेस्राे रहने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।