काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन् । आयोगलाई बयान नदिने बताउँदै आएका ओलीले कबि ५० वटा प्रश्नको लिखित जवाफ दिएका छन् ।

आइतबार भक्तपुरको गुण्डुमा पुगेर जाँचबुझ आयोगको टोलीले ओलीको लिखित रूपमा बयान लिएको हो ।

ओलीलाई गत भदौ २३ को आन्दोलनमा निर्वाह गरेको भूमिका र भदौ २४ को घटनाको विषयमा केन्द्रित रहेर लिखित रूपमा प्रश्न सोधिएको छ । करिब ५० वटा प्रश्न बनाएर आयोगले ओलीलाई लिखित रूपमा प्रश्न सोधेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।