काठमाडौँ । घनश्याम पराजुली सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी उपमहालेखापरीक्षक (सचिव) पदमा उनी यसअघि दुई पटक पहिलो नम्बरमा सिफारिस भए पनि पछिल्ला अधिकारीहरूलाई बढुवा गर्दा छुट्दै आएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।