उडान रद्दपछि हिमालय एयरलाइन्स र सस्तो टिकटद्वारा यात्रुकाे पैसा पचाउने प्रयास

काठमाडाैं । हिमालय एयरलाइन्सकाे उडान रद्द भएपछि यात्रुकाे पैसा फिर्ता गर्न एयरलाइन्स र ट्राभल एजेन्सी सस्ताे टिकट डटकमले आनाकानी गरेर पैसा नै पचाउन खाेजेकाे पाइएकाे छ ।

कुवेतबाट काठमाडाैंका लागि हिमालय एयरलाइन्सकाे टिकट काटेका एक यात्रुले एयरलाइन्स र ट्राभल एजेन्सीसँग झण्डै हप्ता दिन पैसा फिर्ता माग्दा पनि फिर्ता नगरेकाे हाे ।

फेब्रुवरी १ तारिखका लागि हिमालय एयरलाइन्सकाे फ्लाइट नम्बर H9-572 का लागि टिकट काटेका ती यात्रुले फ्लाइट क्यान्सिल भएकाे जानकारीपछि पैसा फिर्ताका लागि निरन्तर प्रयास गरेपनि एयरलाइन्स र सस्ताेटिकटले झुलाएकाे थियाे ।

अनि एक घण्टामै फिर्ता भयाे पैसा…

एक हप्तासम्म पैसा फिर्ता नगरेकाे एयरलाइन्स र सस्ताेटिकटले मिडियाले यस विषयमा साेधीखाेजी गरेकाे एक घण्टामा नै पैसा फिर्ता गरेकाे छ ।
हेलाेखबरले आज दिउँसाे हिमालय एयरलाइन्स र सस्ताे टिकटलाई सम्पर्क गरेर यस विषयमा प्रतिक्रिया लिएकाे थियाे । त्यतिबेलासम्म एकले अर्काेलाई दाेष देखाएर उम्कने प्रयास गरेका थिए । तर, मिडियाले खाेजी गरेकाे घण्टा नबित्दै पैसा फिर्ता भएकाे हाे ।
हिमालय एयरलाइन्सकी प्रिया श्रेष्ठले ट्राभल एजेन्सीले पैसा फिर्ताका लागि एयरलाइन्समा प्राेसेस नगरेकाे बताएकी थिइन् । उनले यसकाे जिम्मेवार एयरलाइन्स नभएर एजेन्सी भएकाे बताएकी थिइन् ।
यता सस्ताेटिकटकी अन्जना तमखुले भने आफ्नाे कारण भन्दा एयरलाइन्सकाे कारण पैसा फिर्ता गर्न ढिला भएकाे बताएकी थिइन । धेरै जनाकाे टिकट फिर्ता गर्न परेकाले एयरलाइन्समा समय लागिरहेकाे जानकारी पाएकाे उनकाे भनाई थियाे।

अन्य एयरलाइन्सकाे सबै टिकटकाे काेड नम्बर एउटै हुने भएपनि हिमालयमा टिकट पिच्छे फरक हुने हुँदा एयरलाइन्सले रेस्पाेन्स गर्ज ढिला गरेकाले पैसा फिर्ता गर्न नसकेकाे उनकाे भनाई थियाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।