काठमाडाैं । भारतको हिमाञ्चल प्रदेशस्थित सोलनको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा परेर नौ नेपाली कामदारको मृत्यु भएको छ।
अर्कीको पुरानो बस स्ट्यान्ड क्षेत्रमा आगलागी हुँदा धेरै पसल र आसपासका आवासीय संरचनामा क्षति पुगेको हो। स्थानीय अधिकारीहरूले प्रभावित भवनहरू धेरैजसो काठका भएकाले आगो छिटो फैलिएको बताएका छन्।
एएनआईका अनुसार घटनास्थलबाट कम्तिमा एक बालकलाई जीवितै उद्धार गरिएको थियो। तर पछि अस्पतालमा उनको मृत्यु भयो। जानकारी अनुसार अन्य नौ जना नेपाली कामदार भग्नावशेषमुनि फसेका थिए। अधिकारीहरूले पछि उनीहरूको मृत्यु भएको पुष्टि गरेका हुन्।
Comments






