काठमाडौं । सरकारले २ सीडीओसहित ८ जना उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पामा पदस्थापना गरिएको छ ।

यस्तै मुकेश कुमार केशरीलाई बझाङ, भीमराज कोइरालालाई पाँचथर, कैलाश बहादुर ठकुराठीलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ ।

यस्तै नवराज बराललाई बाग्लुङमा, भविश्वर घिमिरेलाई कपिलवस्तु र कृष्णप्रसाद गैह्रेलाई धनुषा प्रशासनमा पदस्थापना गरिएको छ। जनकराज पन्तलाई गृहमन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।