काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला २ लाख ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य बुधवार १ हजार ५ सयले बढेर तोलामा २ लाख ७८ हजारमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मुल्य पनि ३१५ रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ५ हजार ६ सय ५५ रुपैयाँमा कायम भएको छ ।
Comments







