काठमाडौं महानगर प्रमुख बालेनले दिए राजिनामा, राजीनामापछि रास्वपा कार्यालय पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् ।

आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामामा स्वेच्छाले राजीनामा राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजिनामा दिएसँगै उनी रास्वपा पार्टी कार्यालय पुगेका थिए । उनले कार्यालयमा रहेको घण्टी बजाए भने केही छिन बसेर निस्किएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।