काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनका टिकट पाउन सकेनन् ।
यसअघि उनले डडेल्धुराबाट चुनाव उड्ने बताए पनि पार्टीले टिकट नदिएकाे हाे । देउवाले चुनाव नउड्ने घाेषणाा समेत गरेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भन्दै टिकट नदिएकाे हाे ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्। गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए।
Comments








