स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासँग अदालतले माग्यो पाँच लाख धरौटी

काठमाडौं । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा।संगिता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग पत्रमा आर्थिक वर्ष २०८०/८१ मा गरिएको म्यामोग्राफी मेसिन खरिदमा सुरु देखिनै ठेकेदार कम्पनीसँग मिलेमतो गरी अस्वाभाविक लागत अनुमान तयार पारिएको, गलत प्रतिवेदन र झुट्टा बिलमार्फत भुक्तानी लिइएको उल्लेख थियो ।

म्यामोग्राफी खरिद भ्रष्टाचारमा विभागमा रहेर खरिद मिलेमतोमा सक्रिय अधिकांश कर्मचारी प्रतिवादी बनाएको थियो । उनी जेनजी आन्दोलनपछि बनेको सरकारको मन्त्री बन्ने पक्कापक्की जस्तै भएको थियो । अन्तिम समयमा उनको नाम काटिएपछि उनी मन्त्री बन्नबाट वञ्चित भएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।