काठमाडाैं । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।
रौतहट प्रहरीले सीआईबीको असई हुँ भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ परेकी महिलाले विभिन्न व्यक्तिलाई स्कारपियो गाडी मिलाइदिने र अन्य प्रलोभन देखाएर ठगी गरेको स्वीकार गरेकी छिन्।
उनले नक्कली परिचयपत्र र चेक प्रयोग गरी बैंकमा ठगी गरेको तथा विभिन्न व्यक्ति र पसलबाट रकम ठगी गरेको खुलेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन्। उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएकी थिइन्।
Comments







