यसरी फ्रिमा हेर्न सकिन्छ विश्वकप क्रिकेट

काठमाडौं । टि–ट्वान्टी विश्वकपको माहोल सुरु भएको छ । हिजो इंग्ल्याण्डसँग नेपालको सनसनपूर्ण खेलमा ४ रनले विजयी हुनबाट पछि पर्यो ।

दुई पटकको विश्वविजेता इंल्याण्डसँग नेपाल पराजित भएपनि नेपालको चर्चा भने विश्वभर नै भइरहेको छ ।

विश्वकपको माहोलबीच यो निःशुल्क कसरी हेर्न सकिन्छ भनेर पनि खोजी तिब्र रहेको पाइन्छ ।

आईसीसीले निःशुल्क रुपमा हेर्न सक्ने सुविधा दिएको छ । आइसीसीको बेवसाइट आईसीसीक्रिकेट डटकममा गएर साइन अप गरेपछि विश्वकप निःशुल्क हेर्न सकिने भएको हो ।

त्यसका लागि इमेल प्रयोग गरेर खाता खोल्नुपर्ने हुन्छ । खाता खोलेपछि इन्टरनेटको सहायतामा निःशुल्क क्रिकेट हेर्न सकिनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।