काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । त्यस्तै चाँदीको प्रतितोला ३ सय ७५ रुपैयाँ बढेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ३ लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ५ हजार ५० रूपैयाँमा कारोबार भएकामा आज ५ हजार ४ सय २५ रुपैैयाँमा किनबेच भइरहेको छ ।
Comments







