काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरेकाे छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाे र भारतीय आयल कर्पोरेसनबाट आउने नयाँ मूल्यसूची महँगो भएका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ। नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको उतार–चढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गर्दछ।
पछिल्लो समय विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मध्यपूर्व क्षेत्रको बढ्दो तनावलाई प्रमुख कारण मानिएको छ। अन्तराष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मुल्य बढेर प्रति ब्यारेल सय डलर पुगिसकेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।