काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार र प्रति १० ग्राम २ लाख ४१ हजार ७७० रुपैयाँ थियो ।
Comments







