काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । उनीहरुलाई परिवारको जिम्मामा छाडिएको हो ।

ओलीलाई बिहीबार बिहान उनको परिवारको जिम्मा लगाइएको हो । ओलीलाई उनकी श्रीमती राधिका शाक्यको जिम्मामा छाडेको हो।

ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसयता उनी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा थिए ।

यता, पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।