काठमाडौं २३ फागुन
स्ववियू निर्वाचनको विषयलाई लिएर आरआर क्याम्पसमा तनाबको अवस्था सिर्जना भएको छ ।
निर्वाचन आयोगले हिजो अवेर पूर्वनिर्धारित क्याम्पसहरुमा बाहेक निर्वाचन गर्न नमिल्ने पत्र त्रिविलाई पठाएपनि आरआरमा एमाले निकट अखिलका विद्यार्थीहरु चुनाव हुनुपर्छ भन्दै लाइनमा बसेका छन् ।
यद्यपी, प्रहरीले कसैलाई पनि क्याम्पस भित्र छिर्न दिएको छैन । निर्वाचन अधिकृतलाई क्याम्पस भित्र छिर्न दिइएको छैन भने क्याम्पस प्रमुखलाई एक पटक क्याम्पस भित्र छिर्न दिएपनि प्रहरीले माथिको आदेश भन्दै बाहिर निकालेको छ ।
नेविसंघ र अखिल क्रान्तिकारीले निर्वाचन नहुने बताईरहेका रहेका छन् । अखिलले भने आयोगले ढिला पत्र पठाउँदा नरोकिने भन्दै लाइनमा बसीरहे पनि निर्वाचन हुने सम्भावना भने कम छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।