काठमाडैाँ, चैत्र ३। सत्तासीन दल  नेपाली कांग्रेस र नेकपा
एमालेका नेताहरुले संविधान निर्माणकालागि  विपक्षी मोर्चाको सहमति कुरेर नबस्ने जनाएका छन ।
मंगलबार राजधानीमा अयोजित साक्षात्कार कायर्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता
अर्जुन नरसिंह केसी र  नेकपा एमालेका
उपाध्यक्ष भीम रावलले यस्तो बताएका हुन ।  एमाओवादी
लगायत अन्य दलहरू तत्काल सहमतिमा नआए अबरुद्ध संविधान लेखन प्रक्रिया सुरु गर्ने
बताएका छन् । आन्दोलनमा गएर विपक्षी मोर्चा वार्ता र सहमतिको लागि तयार छैन भन्ने
पुष्टि गरेको उनीहरुले बताए ।
 कार्यक्रममा बोल्दै नेताहरूले पछिल्लो
संविधानसभाको निर्वाचनमा प्राप्त जनमतलार्इ विपक्षीले स्वीकार गर्न नचाहेको र
जनताले दिएको जनादेशलाई स्वीकार नगरेसम्म विपक्षी मोर्चासँग कुनै किसिमको बार्ता
नगर्ने र बार्ताका लागि अब कुनैपत्र समेत नलेख्ने स्पष्टोक्ति समेत दिए । संविधान
सभामा एकल जातीय पहिचानको प्रदेशको मुध्दा पराजित भएकाले त्यसमा कुनै सम्झौता गर्न
नसक्ने जिकिर नेताहरूको गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।